Monday, September 3, 2018

मनका रहर

तिम्रा हातका औला समाई मायाका बात गर्न मन छ ।
चाहनाका रङ्गहरुले तिम्रो सिउदो भर्न मन छ ।।

गुलाब जस्ता तिम्रा ओठका रहरहरु पुरा गर्दै ।
जिन्दगिका खोलाहरु तिमि सङ्गै तर्न मन छ ।।

बादल सरि फैलिएका तिम्रो केसमा हराउदै ।
कोमल तिम्रा छातिभरि मेरो नाम कोर्न मन छ ।।

रोकिएका छन पाईलाहरु तिम्रै पर्खाईमा बसि ।
मयूर जस्ता तिम्रो चालमा सङ्गै पाईला सार्न मन छ ।।

तिम्रा हातका औला समाई मायाका बात गर्न मन छ ।
चाहनाका रङ्गहरुले तिम्रो सिउदो भर्न मन छ ।।

No comments:

Post a Comment